Kathmandu Press

विराटनगरमाथि भैरहवाको सानदार जित

काठमाडौं, असोज १३ : चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्लाडियर्टस विजयी भएको छ। बुधबार कीर्तिपुरस्थित टियु मैदानमा भएको दोस्रो खेलमा...
विराटनगरमाथि भैरहवाको सानदार जित

काठमाडौं, असोज १३ : चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्लाडियर्टस विजयी भएको छ। बुधबार कीर्तिपुरस्थित टियु मैदानमा भएको दोस्रो खेलमा भैरहवाले विराटनगर वारियर्सलाई ६ विकेटले हरायो। 

पहिला ब्याटिङ गर्दै विराटनगरले दिएको ९० रनको लक्ष्य भैरहवाले १५.३ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो। उसका लागि श्रीलंकन टिमका पूर्वकप्तान उपुल थरंगाले सर्वाधिक ३४ रन बनाउँदा प्रदीप ऐरीले २२ रन बनाए।

यस्तै, रोहित कुमार पौडेलले बंगलादेशका तमिम इक्वालले समान १२ रन बनाउँदा कप्तान शरद भेषावकर ६ रनमा नटआाउट रहे। विराटनगरका रामनरेश गिरीले २ विकेट लिए भने कप्तान करण केसी र वसन्त रेग्मीले समान १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको विराटनगरले खराब ब्याटिङ गरेको थियो। भैरहवाका बलर चम्किएपछि विराटनगर १७.४ ओभरम ८९ रनमै अलआउट भयो। 

उसका लागि दिल्सान मुनाविराले सर्वाधिक २५ रन बनाए भने सुमित महर्जनले १३, अनिल साहले ११ र वसन्त रेग्मीले १० रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।

विराटनगरको इनिङ धराशयी बनाउने क्रममा श्रीलंकन बलर धमिका प्रसाद र आरिफ सेखले घातक बलिङ गरे। अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी बलर धमिककाले ३ ओभरमा ६ रन मात्र खर्चेर ३ विकेट लिए भने आरिफले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए। 

पहिलो खेलमा वर्षाका कारण रोकिँदा पोखरा राइनोजसँग अंक बाँड्न बाँध्य भएको भैरहवा ३ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। दुवै खेलमा पराजित भएको विराटनगर पाँचौं स्थानमा छ।

प्रकाशित मिति: १७:१७ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्