Kathmandu Press

अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

इलाम, असोज १३ : इलाम अस्पताललाई ‘सहयात्रा नेपाल’ नामक संस्थाले स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ। इलाममा रहेको संस्थाले मङ्गलबार एक कार्यक्रमबीच स्वास्थ्य उपकरण...
अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

इलाम, असोज १३ : इलाम अस्पताललाई ‘सहयात्रा नेपाल’ नामक संस्थाले स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ। इलाममा रहेको संस्थाले मङ्गलबार एक कार्यक्रमबीच स्वास्थ्य उपकरण हस्तान्तरण गरेको हो। 

फ्रेन्ड्स अफ युकेको आर्थिक सहयोगमा प्राप्त करिब पाँच लाख मूल्य बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष हेमकुमारी शिवाले जानकारी दिए। 

Hardik ivf

कोरोना महामारी नियन्त्रण गर्न सहज होस् भनेर इलाम अस्पताललाई सो सामग्री उपलब्ध गराइएको अध्यक्ष शिवाको भनाइ छ। कोभिड–१९ महामारी नियन्त्रणमा सहयोग गर्न संस्थाले यसअघि पनि सहयोग गर्दै आएको बताइएको छ। विभिन्न स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको शिवाले बताए। 

सामग्री जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल र संस्थाका प्रतिनिधिले इलाम अस्पतालका निमित्त प्रमुख डा. विश्रुत सापकोटा, अस्पतालका व्यवस्थापक क्षितिज खतिवडालाई हस्तान्तरण गर्नुभएको थियो। समन्वय समिति इलामका प्रमुख बरालले प्राप्त सामग्री अस्पतालमा उपचार गर्न आउने नागरिकको लागि महत्वपूर्ण भएको बताए।

अस्पतालका निमित्त प्रमुख डा. सापकोटाले कोभिड महामारीको बेला र अन्य समयमासमेत बिरामीको उपचारमा प्राप्त उपकरण सदुपयोग गर्ने बताए। 

सहयात्राले यसअघि इलाम अस्पताललाई कोरोना परीक्षण र महामारी नियन्त्रणमा सहयोग पु¥याउन एन्टिजेन किट, मेसिन, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) लगायतका सामग्री उपलब्ध गराएको संस्थाका सविता पाण्डेले बताइन्।

प्रकाशित मिति: १७:११ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्