Kathmandu Press

न्यायालय एक्लैले न्याय पाउने नागरिकको अधिकारलाई पूरा गर्न सक्दैनः प्रधानन्यायाधीश जबरा

काठमाडौं, साउन १६ : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालयका विगतका गल्तीलाई सच्याउँदै अघि बढिरहेको बताएका छन्।

बिहीबार विभिन्न....

बिहीबार विभिन्न सञ्चारमाध्यामका सम्पादकहरुसँगको अन्तर्क्रियामा प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई निष्पक्ष, स्वतन्त्र र सक्षम बनाउने कार्यमा आफू क्रियाशील रहेको पनि स्पष्ट पारेका हुन्।

उनले सञ्चारमाध्यमहरुलाई नागरिकको सहज, सरल र निष्पक्ष ढंगले न्याय पाउने सपना परिपूर्ति गराउने कार्यमा सहयोग गर्न पनि पटक–पटक आग्रह गरे।

‘न्यायपालिकालाई निष्पक्ष, स्वतन्त्र र सक्षम बनाउने कार्यमा हामी सधैं क्रियाशील छौं, हिजो भएका गल्तीलाई दिनानुदिन सच्याउँदै हामी अघि बढिरहेका छौं, प्रधानन्यायाधीश जबराले भने,‘न्यायपालिका स्वतन्त्र, निष्पक्ष र समक्ष हुनुपर्छ भन्ने संविधानको मूल मर्म पूरा गर्न सकेको योगदान दिन आफू प्रतिवद्ध छु।’

प्रधानन्यायाधीश जबराले न्यायालय एक्लैले न्याय पाउने नागरिकको अधिकारलाई पूरा गर्न नसक्ने उल्लेख गर्दै त्यसमा सरकार, संसद र पत्रकारहरुको ठूलो सहयोगको अपेक्षा गरिएको पनि बताए।  उनले अदालतको गल्ती ढाकछोप नगर्न पनि पत्रकारहरुलाई आग्रह गरे।

प्रकाशित मिति: १८:३२ बजे, बिहीबार, साउन १६, २०७६