Kathmandu Press

ओलम्पियन्स संघमा दीपक विष्ट

काठमाडौं, असोज १३ : नेपाल ओलम्पियन्स संघको अध्यक्षमा पूर्वतेक्वान्दो खेलाडी तथा प्रशिक्षक दीपक विष्ट निर्वाचित भएका छन्। नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवन सातदोबाटोमा बुधबार...
ओलम्पियन्स संघमा दीपक विष्ट

काठमाडौं, असोज १३ : नेपाल ओलम्पियन्स संघको अध्यक्षमा पूर्वतेक्वान्दो खेलाडी तथा प्रशिक्षक दीपक विष्ट निर्वाचित भएका छन्। 

नेपाल ओलम्पिक कमिटी (एनओसी) को भवन सातदोबाटोमा बुधबार भएको निर्वाचनमा एनआसीका पूर्वउपाध्यक्ष रविराज थापालाई पराजित गर्दै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन्। विष्टले ४१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी थापाले ४ मत मात्र प्राप्त गरे। 

यसैगरी खुला उपाध्यक्षमा प्रविण तुलाधर निर्वाचित हुँदा महिला उपाध्यक्षमा संगिना वैद्य निर्विरोध निर्वाचित भइन्। यस्तै, महासचिव, सचिव र कोषाध्यक्ष सबै निर्विरोध भए। महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा चयन भए।

यस्तै, संघको सदस्यमा राजकुमारी पाण्डे, विमला रानामगर, कान्छीमाया कोजु, प्रमिला रिजाल, मुकुन्दहरि श्रेष्ठ, विष्णुबहादुर सिंह, टीकाराम श्रेष्ठ, सफलराम श्रेष्ठ र रन्जन श्रेष्ठ निर्वाचित भएका छन्।

प्रकाशित मिति: १६:२७ बजे, बुधबार, असोज १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्