Kathmandu Press

कहिले घट्ला बैंकको चर्को ब्याजदर?

काठमाडौं, साउन १६ :  व्यवसाय गर्न बैंकबाट ऋण लिनै कठिन छ। ऋण दिएपनि चर्को ब्याजदरका कारण लागत मूल्य बढेको बढ्यै छ। जसको असर आमउपभोक्ताको भान....

कहिले घट्ला बैंकको चर्को ब्याजदर?

काठमाडौं, साउन १६ :  व्यवसाय गर्न बैंकबाट ऋण लिनै कठिन छ। ऋण दिएपनि चर्को ब्याजदरका कारण लागत मूल्य बढेको बढ्यै छ। जसको असर आमउपभोक्ताको भान्सासम्म महँगीको मार पर्दै आएको छ। 

पछिल्लो समय लगानीयोग्य रकमको अभाव खेपेका बैंकहरुले ऋण लगानीमा ब्याजदर पनि महँगो बनाउँदै आएका छन्। चार वर्षअघिसम्म ८ प्रतिशत ब्याजदरमा पाइने ऋण अहिले बढेर १२.२० प्रतिशतसम्म पुगेको छ। 

सन् २०१२ मा बैंकहरुले १२.४ प्रतिशत ब्याजदरमा ऋण दिएका थिए। तर उक्त ब्याजदर सन् २०१६ सम्म लगातार घटेर ८.८६ प्रतिशतसम्म आइपुगेको थियो। सन् २०१७ देखि तरलता अभाव भएपछि बैंकहरुले पनि लगातार ब्याज बढाउन थाले। जसका कारण अहिले ब्याजदर १२.२० प्रतिशत पुगेको छ। 

Hardik ivf

नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गत जेठ महिनाभर व्यवसायीहरुले बैंकको ब्याजदर घटाउन आन्दोलन नै गरेका थिए। जसको सूरुवात विराटनगरका व्यवसायीले सुरु गरेका थिए। अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत दबाबसमेत दिएका थिए।

तर, पनि लगानीयोग्य रकमकै अभाव भएपछि बैंकहरुले ब्याजदर घटाउन नसक्ने जवाफ राष्ट्र बैंकलाई समेत दिएका थिए। सरकारले मौद्रिक नीतिमार्फत ब्याजदरको विषयमा सम्बोधन हुने आशा गरेका व्यवसायी यतिवेला निराश छन्। 

राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले पनि ब्याजदरको समस्या समाधान नगरेको बताउँछन् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा। ‘हामीले पटक–पटक एक अंकको ब्याजदरमा सरकारले पहल गर्नुपर्ने माग राखेको तर समस्याको समाधान भएन,’ उपाध्यक्ष गोल्छाले भने। 

पछिल्लो समय बैंकको स्प्रेडदर ५.५६ प्रतिशत रहेको छ भने बचतको ब्याज ६.६४ प्रतिशत रहेको छ। सन् २०१२ मा बैंकहरुको स्प्रेडदर ६.२३ प्रतिशतसम्म रहेको छ। पछिल्लो समय राष्ट्र बैंकको कडाइपछि ५.५६ प्रतिशतमा झारेको छ।

राष्ट्र बैंकले सन् २०२० मो मध्यसम्ममा स्प्रेडदर ४.४ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ। स्प्रेडदर ४.४ प्रतिशत रहेमा अहिलेकै अवस्थामा पनि बैंकको ब्याजदर ११ प्रतिशतमा आउने निश्चित छ। 

स्प्रेडदरमा मात्रै अंकुश लगाएर ब्याजदर घटाउने भन्दा पनि बैंकमा लगानीयोग्य रकम जम्मा पार्ने दिशामा जानु पर्ने बताउँछन् नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा। व्यवसायीहरुले स्प्रेडदर ३ प्रतिशतमा झारेर ब्याजदर एकल अंकमा ल्याउनुपर्ने भन्दै मौद्रिक नीतिमा सुझाव दिएका थिए। राष्ट्र बैंकले अहिलेपनि चाहने हो भने केही ब्याजदर घटाउन सकिने थापाको बुझाइ छ। 

राष्ट्र बैंकले यसअघि बनाएको १० अर्ब रुपैयाँको पुर्नकर्जा कोष अहिले बढेर ५० अर्ब पुगेको छ। उक्त कोष एक खर्बको बनाउनु पर्नेमा व्यवसायीहरुले जोड दिँदै आएका छन्। अहिले भएकै ५० अर्बबाट पनि २२ अर्ब मात्रै ऋण प्रभाह भएको छ। ऋण प्रवाहलाई राष्ट्र बैंकले बढाउने हो भने लगानीयोग्य रकम र ब्याजदरमा पनि केही सहजता हुने थापा बताउँछन्। 

लगानी गर्न साढे ३ खर्ब अपुग 

बैंकहरुमा माग भएको ऋण प्रवाह गर्दा ३ खर्ब ४२ अर्ब अपुग छ। पछिल्लो समय लगानीको वातावरण बढेसँगै ऋण लिनेको संख्यामा पनि बृद्धि भएको छ।

अहिलेको अवस्थामा माग धान्नका लागि बैंकहरुलाई साढे तीन खर्ब रुपैयाँ आवश्यक पर्दछ। गत वर्ष २ खर्ब ४५ अर्ब अपुग यस वर्ष एक खर्बले माग बढेको छ। तीन वर्ष अघि १० अर्ब मात्रै अपुग थियो भने सन् २०१५ मा बैंकहरुमा १ खर्ब ४० अर्ब रुपैयाँ रकम थुुप्रिएको थियो। जसका कारण ब्याजदर पनि ८ प्रतिशतमा झरेको थियो।

बैंकमा रकम ल्याउने वातावरण भएपछि स्वतः ब्याजदर घट्ने बुझाइ निर्देशक थापाको छ। 

कहिले घट्ला बैंकको ब्याज?

 

प्रकाशित मिति: १७:४६ बजे, बिहीबार, साउन १६, २०७६
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्