Kathmandu Press

सुनको मूल्य तोलामा ८ सय बढ्यो 

मंगलबार २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको छ।
सुनको मूल्य तोलामा ८ सय बढ्यो 

काठमाडौं, मंसिर १७ : आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो। 

मंगलबार २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको छ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। मंगबार ३५ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले बढेर ३६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्यले निरन्तर रेडर्क कायम गरेको छ।
 

प्रकाशित मिति: ११:१० बजे, बुधबार, मंसिर १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्