Kathmandu Press

मिर्गौला पीडितको नाममा ठगी गर्ने पक्राउ

पाल्पा, असोज १३ : पाल्पामा मिर्गौला पीडितको नाममा ठगी गर्ने पक्राउ परेका छन्।मिर्गौलापीडित सहयोग रसिदमार्फत अवैध रुपमा पैसा उठाउनेलाई प्रहरीले पक्राउ गरेको हो। पाल्पा...
मिर्गौला पीडितको नाममा ठगी गर्ने पक्राउ

पाल्पा, असोज १३ : पाल्पामा मिर्गौला पीडितको नाममा ठगी गर्ने पक्राउ परेका छन्।

मिर्गौलापीडित सहयोग रसिदमार्फत अवैध रुपमा पैसा उठाउनेलाई प्रहरीले पक्राउ गरेको हो। पाल्पा सदरमुकाम तानसेनबाट नगदसहित पाँच जनालार्ई प्रहरीले पक्राउ गरेको हो। 

Hardik ivf

गोरखा पालुङटारका दीपक भन्ने ३६ वर्षका प्रदीप गुरुङ, मोरङग उर्लाबारी नगरपालिका–९ का धनबहादुर विश्वकर्मा, पथरी शनिश्चरे नपा ९ का राजेश खरेल, झापा कनकाईका केदार विक र सूर्यबहादुर विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

पाल्पा सदरमुकाम तानसेनको बसपार्कस्थित करुवा होटलमा अवैध रुपमा चन्दा सङ्कलन गरी लुिकछिपी बसेको सूचनाका आधारमा प्रहरीले पाँच जनालाई पक्राउ हो। उनीहरुको साथबाट २१ हजार २५५ बरामद गरिएको प्रहरीको दाबी छ। 

सामाजिक सहयोग अभियान नेपाल नामक संस्थाको नाममा १३ वटा रसिद काटेको र १९ वटा नकाटेको रसिद भेटिएको छ। पक्राउ गरिएका पाँचजना अभियुक्तलाई जिल्ला अदालत पाल्पामा हाजिरी गराई म्याद थप गरी कारवाही अगाडि बढाएको जनाएको छ।

प्रकाशित मिति: १५:३६ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्