राइनासमा कांग्रेस अधिवेशन शनिबार हुने
लमजुङ, असोज १३ : राइनास नगरपालिकामा आगामी शनिबार पुनः निर्वाचन हुने भएको छ।नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत पालिका अधिवेशनका क्रममा सो नगरपालिकामा मतदान स्थगित...
लमजुङ, असोज १३ : राइनास नगरपालिकामा आगामी शनिबार पुनः निर्वाचन हुने भएको छ।
नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत पालिका अधिवेशनका क्रममा सो नगरपालिकामा मतदान स्थगित भएको थियो।
मतदान सकिन लाग्दा मतपत्रमा त्रुटि भेटिएको थियो। कांग्रेस जिल्ला सभापति भेषबहादुर पौडेलले नियतवश नभई छपाइमा गल्ती भएकाले अधिवेशन स्थगित हुन पुगेको बताए।
चार गाउँपालिकामा सहमतिका आधारमा र तीन नगरपालिकामा निर्वाचनको माध्यमबाट कांग्रेस नेतृत्व चयन भएको छ ।
प्रकाशित मिति: १५:३२ बजे, बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












