Kathmandu Press

राष्ट्रिय भलिबल : हेल्प नेपाल र पुलिसको जित

काठमाडौं, असोज १३ : छैटौं संस्करणको महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ हेल्प नेपालले गल्कोट स्पोर्टस क्लबलाई पराजित गर्दै क्वाटरफाइलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित...
राष्ट्रिय भलिबल : हेल्प नेपाल र पुलिसको जित

काठमाडौं, असोज १३ : छैटौं संस्करणको महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ हेल्प नेपालले गल्कोट स्पोर्टस क्लबलाई पराजित गर्दै क्वाटरफाइलमा प्रवेश गरेको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा हेल्प नेपालले गल्कोट स्पोर्टस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै क्वाटरफाइलनमा प्रवेश गरेको हो। यस जीतसँगै हेल्प नेपाल समूह  ‘ए’ को विजेतासमेत बन्यो।   

हेल्प नेपालले गल्कोटमाथि २५–१८, २२–२५, २५–२२ र २५–१९ को सेटमा पराजित गर्‍यो। यस जितसँगै हेल्प नेपालले तीन खेलमा ९ अङ्क बटुल्यो। हेल्प नेपालले यसअघि प्रदेश–२ र वाग्मती प्रदेशलाई पराजित गरेको थियो। त्यस्तै पराजित गल्कोट समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ।

गल्कोटले ३ खेलमा ६ अङ्क जोड्यो। यस समूहबाट वाग्मती प्रदेश र प्रदेश–२ भने प्रतियोगिताबाट बाहिरिएको छ। त्यस्तै आजै भएको पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई ३–० को सेटमा पराजीत गर्दै समूह ‘बी’ को विजेता बनेको छ।

पुलिसले गण्डकी प्रदेशलाई पहिलो सेट २५–१४, दोस्रो सेट २५–१४ र तेस्रो तथा अन्तिम २५–१८ को सेटमा पराजीत गर्दै क्वाटरफाइलमा प्रवेश गर्न सफल भयो। जीतसँगै पुलिसले ३ खेलमा ९ अङ्क जोड्यो।

त्यस्तै पाँच अङ्क जोडेको गण्डकी प्रदेश उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्यो । नेपाल भलिबल सङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ।

महिला तथा पुरुष विजेता टोलीले समान चार लाख पाउनेछन् भने उपविजेताले रु दुई लाख तथा तेस्रो हुने टोलीले रु एक लाख प्राप्त गर्नेछन्। 

प्रकाशित मिति: १५:२० बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्