Kathmandu Press

खोलाले बगाएर बालिकाको मृत्यु 

मकवानपुर, असोज १३ : राक्सिराङ गाउँपालिका–८ देवीटारस्थित गिरखे खोलाले बगाएर सोही गाउँपालिका–८ गोङरे बस्ने कृष्णबहादुर थिङकी छोरी १२ वर्षीया मनितामाया थिङको मंगलबार दिउँसो मृत्यु...
खोलाले बगाएर बालिकाको मृत्यु 
Hardik ivf

मकवानपुर, असोज १३ : राक्सिराङ गाउँपालिका–८ देवीटारस्थित गिरखे खोलाले बगाएर सोही गाउँपालिका–८ गोङरे बस्ने कृष्णबहादुर थिङकी छोरी १२ वर्षीया मनितामाया थिङको मंगलबार दिउँसो मृत्यु भएको छ। 

राक्सिराङ गाउँपालिका–८ स्थित देवीटार माध्यमिक विद्यालयबाट घर जानका लागि खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब १ किलोमिटर टाढा उनको शव फेला पारेको हो।      

यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १४:२६ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्