Kathmandu Press

सवारी दुर्घटनामा दुईजनाको मृत्यु 

काठमाडौं, असोज १३ : इलामा र तनहुँमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।इलामको इलाम नगरपालिका-१ नेपालटारस्थित सडकमा ना५ख ४९८७ नम्बरको ट्रकको ठक्करबाट...
सवारी दुर्घटनामा दुईजनाको मृत्यु 

काठमाडौं, असोज १३ : इलामा र तनहुँमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।

इलामको इलाम नगरपालिका-१ नेपालटारस्थित सडकमा ना५ख ४९८७ नम्बरको ट्रकको ठक्करबाट प्लेजुङ खुम्बेदिन बस्ने २३ वर्षीय राजेश नेपालको मंगलबार राति घटनास्थलमै मृत्यु भएको छ।

Hardik ivf

पाँचथरबाट ईलातर्फ आउँदै गरेको प्र१ ०१ ००१ ख ३४७१ नम्बरको मालबाहक ट्रकका सह चलाक राजेशलाई खाना खाई फर्कने क्रममा ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो। ट्रकका दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

तनहुँको व्यास नगरपालिका–१२ देउरालीस्थित सडकमा ग१६प १६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीया चेतकुमारी जैशीको बुधबार बिहान मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको रत्नहरी अस्पताल दमौलीमा उपचारका क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १३:४५ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्