Kathmandu Press

नेपाल एयरलाइन्सले दशैंमा जापानको नारितामा दुई वटा चार्टर्ड उडान गर्ने

काठमाडौं, साउन १६ : नेपाल वायुसेवा निगमले जापानको नारिताका लागि चार्टर्ड  उडानको अनुमति पाएको छ।

निगमले जापानको नारितामा दुई वटा च....

नेपाल एयरलाइन्सले दशैंमा जापानको नारितामा दुई वटा चार्टर्ड  उडान गर्ने

काठमाडौं, साउन १६ : नेपाल वायुसेवा निगमले जापानको नारिताका लागि चार्टर्ड  उडानको अनुमति पाएको छ।

निगमले जापानको नारितामा दुई वटा चार्टर्ड  उडान गर्न अनुमति पाएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए।

निगमले नेपालीहरु अत्यधिक भएको शहर नरिताको अनुमति पाएसँगै दशैं र तिहारमा चार्टर उडानको तयारी गरेको समेत चन्दले जानकारी दिए। निगमले आगामी भदौ १२ गतेदेखि जापानको ओसाका नियमित उडान गर्दैछ भने नारिताको पनि चार्टर उडानको अनुमति पाएको छ।

अहिले दुई वटा उडानको अवाश्यकता परेकाले सोही माग अनुसार अनुमति पाएको चन्दले जानकारी दिए। आवश्यकता अनुसार अन्य उडानका लागि पनि माग गर्ने निगमले जनाएको छ। 

प्रकाशित मिति: १६:५५ बजे, बिहीबार, साउन १६, २०७६