Kathmandu Press

विद्यालयका कर्मचारीको तलब वृद्धि

स्याङ्जा, असोज १३ : हरिनास गाउँपालिकाले पालिकाभित्र रहेका विद्यालयमा कार्यरत बालविकास शिक्षिका, लेखा शाखा र विद्यालयमा कार्यरत कर्मचारीको तलब (पारिश्रमिक) वृद्धि गरेको छ ।गाउँपालिकाले...
विद्यालयका कर्मचारीको तलब वृद्धि
Hardik ivf

स्याङ्जा, असोज १३ : हरिनास गाउँपालिकाले पालिकाभित्र रहेका विद्यालयमा कार्यरत बालविकास शिक्षिका, लेखा शाखा र विद्यालयमा कार्यरत कर्मचारीको तलब (पारिश्रमिक) वृद्धि गरेको छ ।

गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, बालविकास शिक्षिका, विद्यालयमा लेखा शाखामा कार्यरत र विद्यालय कर्मचारीको उपस्थितिमा एक कार्यक्रकाबीच पारिश्रमिक वृद्धि गरिएको गाउँपालिका अध्यक्ष खिमनारायण मानन्धरले बताउनुभयो । 

विद्यालयको लेखा शाखामा कार्यरत कर्मचारीको पारिश्रमिक रु. १७ हजार, बालविकासका कर्मचारीको रु. १६ हजार  र विद्यालयका कर्मचारीको रु. १५ हजार मासिक पारिश्रमिक दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति: १३:०४ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्