Kathmandu Press

कपिलवस्तुमा समाजवादी पार्टीका नेता यादवमाथि गोली प्रहार

चन्द्रौटा, साउन १६ : कपिलवस्तुमा समाजवादी पार्टी, नेपालका शुद्धोधन गाउँपालिकाका अध्यक्ष रामनयन यादवमाथि गोली प्रहार भएको छ।

अज्ञात समूह....

कपिलवस्तुमा समाजवादी पार्टीका नेता यादवमाथि गोली प्रहार
सांकेतिक

चन्द्रौटा, साउन १६ : कपिलवस्तुमा समाजवादी पार्टी, नेपालका शुद्धोधन गाउँपालिकाका अध्यक्ष रामनयन यादवमाथि गोली प्रहार भएको छ।

अज्ञात समूहले बिहीबार दिउँसो शुद्धोधन गाउँपालिका– ३ स्थित कपिलवस्तु र रुपन्देहीको सीमामा पर्ने कोटीपुल नजिकै यादवमाथि गोली प्रहार गरेको हो।

यादव तौलिहवा जाँदै गरेको समयमा मोटरसाइकलमा सवार दुई जनाले गोली प्रहार गरेका थिए।

 यादवको हातमा गोली लागेको छ। उनको जिल्ला अस्पताल तौलिहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: १६:४६ बजे, बिहीबार, साउन १६, २०७६