Kathmandu Press

पहिराले अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक साढे तीन महिनापछि मर्मत सुरू

बागलुङ, असोज १३ः पहिराका कारण साढे तीन महिनादेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक मर्मत थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दबल्याङमा पहिराले दुई ठाउँमा क्षति...
पहिराले अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक साढे तीन महिनापछि मर्मत सुरू

बागलुङ, असोज १३ः पहिराका कारण साढे तीन महिनादेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक मर्मत थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दबल्याङमा पहिराले दुई ठाउँमा क्षति पुगेको सडक स्थानीय र नगरपालिकाको साझेदारीमा मर्मत थालिएको हो ।

गत असार १ गते खसेको पहिराका कारण अवरुद्ध भएको सडक असार १८ गते वर्षासँगै आएको पहिराले क्षतविक्षत भएको थियो । सडक मर्मतका लागि  नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट १६ लाख ६० हजार रुपैयाँ र त्यसको २० प्रतिशत रकम स्थानीय उपभोक्ताले व्यहोर्ने गरी सडक मर्मतको काम थालिएको हो।

Hardik ivf

२० लाख ९३ हजार लागत अनुमान गरेर मर्मत थालिएको सडक दशैँअगावै सञ्चालनमा ल्याइने बताइएको छ। तीन चरणका कामको स्टिमेट भएको छ, तारजाली लगाउने, पानी तर्काउने र ट्रयाक खोल्ने काम हुने बताइएको छ । पहिरो खसेको क्षेत्रमा पानीको मुहान भएकाले पानीको व्यवस्थापन नगरी सडक सञ्चालन गर्न कठिन हुने भएको स्थानीय बताउँछन्।

पहिराका कारण सडक अवरुद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा सहज सडक सम्पर्क छैन । वैकल्पिकरूपमा सञ्चालनमा आएको कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा खण्डमा समेत सोही पहिरो र अन्य पहिराले बेलाबेलामा अवरुद्ध हुने गरेको छ ।

नगरपालिकाको बलेवा क्षेत्रका चार वडाका उपभोक्ताको सहभागितामा समिति गठन गरेर काम थालिएको हो । उपभोक्ता समितिले स्थानीय निर्माण कम्पनीसँगको सहकार्यमा सडक खुलाउने प्रयास थालेको हो ।

प्रकाशित मिति: ०९:५५ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्