Kathmandu Press

आज विश्व मुटु दिवस, नेपालमा पनि मनाइँदै

काठमाडौं, असोज १३ : विश्व मुटु दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ।हरेक वर्ष २९ सेप्टेम्बरलाई विश्व मुटु दिवसका रुपमा मनाउने...
आज विश्व मुटु दिवस, नेपालमा पनि मनाइँदै

काठमाडौं, असोज १३ : विश्व मुटु दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै छ।

हरेक वर्ष २९ सेप्टेम्बरलाई विश्व मुटु दिवसका रुपमा मनाउने गरिएको छ। विश्व मुटु महासंघ र विश्व स्वास्थ्य संगठनको आह्वानमा मनाउन थालिएको मुटु दिवसमा यस वर्ष ‘मन लगाउ, सम्पर्क बढाउ, मुटु बचाउ’ भन्ने नारा दिइएको छ।

Hardik ivf

विश्व स्वास्थ्य संगठनका अनुसार वर्षेनी एक करोड ८६ लाख मानिसको मुटु सम्बन्धी रोगबाट मृत्यु हुने गरेको छ। जसमा ८० प्रतिशत विकास उन्मुख र अविकसित देशका नागरिक छन्।

संगठनले सन् २०३० सम्म विश्वभर मुटु रोगबाट मृत्यु हुनेको संख्या वर्षेनि दुई करोड ५० लाख पुग्ने अनुमान गरेको छ। मुटु रोगमा पनि सबैभन्दा बढी हृदयघातबाट मृत्यु हुने गरेको छ।

धूमपान तथा मद्यपान सेवन नगर्ने, चिल्लो, पिरो बोसो, भुटेका तारेका खानेकुरा नखाने, सकभर मासु कम खाने, सागपात खाने र दैनिक शारीरिक व्यायाम गर्दा मुटु रोगबाट जोगिन सकिन्छ।

प्रकाशित मिति: ०८:४८ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्