विद्यालयबाट घर फर्किँदा खोलाले बगाएर विद्यार्थीको मृत्यु
हेटौडा, असोज १३ : मकवानपुरको राक्सिराङमा विद्यालयबाट घर फर्किरहेका विद्यार्थीलाई खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ भने दुईजना पौडी खेलेर जोगिएका छन्।खोलाले...
हेटौडा, असोज १३ : मकवानपुरको राक्सिराङमा विद्यालयबाट घर फर्किरहेका विद्यार्थीलाई खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ भने दुईजना पौडी खेलेर जोगिएका छन्।
खोलाले बगाउँदा स्थानीय देवीटार माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत १२ वर्षीया मनितामाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।
मंगलबार दिउँसो १ः३० बजे विद्यालयबाट खाजा खानका लागि घर जानेक्रममा तीन बालिकालाई खोलले बगाएको थियो।
दुईजना पौडी खेलेर निस्कन सफल भएको तर एकजना बेपत्ता भएको खबर प्राप्त हुनासाथ स्थानीयवासी र प्रहरीले खोजी गरेका थिए।
मंगलबार साँझ बालिकाको शव फेला परेको डीएसपी रिमालले बताए। प्रहरीका अनुसार मृतक बालिकाको शव डेढ किलोमिटर तल भेटिएको थियो।
प्रकाशित मिति: ०७:०४ बजे, बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












