Kathmandu Press

जन्मदिनमा अन्तरिक्षमै पठाइयो आइसक्रिम र उपहार

अन्तरिक्षयात्रीको जन्मदिनको अवसरमा आइसक्रिम, एभोकाडो, कागती, टमाटरलगायत पृथ्वी र प्रकृति सम्झाउने उपहार अन्तरिक्षमै पठाइएको हो।
जन्मदिनमा अन्तरिक्षमै पठाइयो आइसक्रिम र उपहार

अमेरिकी अन्तरिक्ष यात्री मेगन म्याकआर्थर आफ्नो ५०औं जन्मदिनमा अन्तरिक्षमै थिइन्। उनी केही समययता अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस)मा अध्ययन तथा अनुसन्धान गर्दै थिइन्।

गत २९ अगस्टमा ‘स्पेसएक्स’ले नासाको केनेडी स्पेस सेन्टरबाट कार्गो लिएर अन्तरिक्षतर्फ उडेको थियो। एक दिनको यात्रा तय गर्दै ३० अगस्टमा कार्गो आईएसएसमा पुग्यो। सो दिन आईएसएसमा आउने यानको अटोमिटक डकिङ अर्थात् स्वाचालित अवतरणको अनुगमन गर्ने जिम्मा म्याकआर्थरकै थियो।

जब म्याकआर्थरले ‘स्पेसएक्स’ले डेलिभर गरेको कार्गो हेरिन्, उनको हर्ष र आश्चर्यको सीमा नै रहेन। सो कार्गो अरु केही नभएर उनको जन्मदिनको उपहार थियो।

उनको जन्मदिनको अवसरमा आइसक्रिम, एभोकाडो, कागती, टमाटरलगायत पृथ्वी र प्रकृति सम्झाउने उपहार पठाइएको थियो। उनीलगायत अन्य ६ जना अन्तरिक्षयात्रीका लागि पनि त्यहाँ सामान थिए। साथमा केही अनुसन्धानका सामाग्री र केही आवश्यक उपकरणहरु।

‘मेरो जन्मदिनमा आजसम्म कसैले अन्तरिक्षयान नै पठाएको थिएन। यो मेरो जिन्दगीको सबैभन्दा अविष्मरणीय र यादगार उपहार हो,’ उपहार पाएपछि उनले रेडियोमार्फत् नासालाई सम्पर्क गर्दै धन्यवाद र आभार व्यक्त गरिन्।

कार्गो तीनवटा ऐतिहासिक स्पेसवाक (अन्तरिक्ष विचरण) सुरु हुनुभन्दा केही दिनअघि पठाइएको थियो। स्पेसवाकका लागि आवश्यक केही उपकरणहरु पनि सँगै पठाइएको थियो। सेप्टेम्बर ३ मा रुसका दुईजना अन्तरिक्षयात्रीले स्पेसवाक गरेका थिए।

दुई रुसी अन्तरिक्षयात्रीले दुईपटक स्पेसवाक गर्दै प्रयोगशाला जडान गरेका थिए। गत जुलाईमा अन्तरिक्षमा पठाइएको नयाँ प्रयोगशालालाई उनीहरुले तीनपटक स्पेसवाक गरि बाहिरबाट जडान गरेका थिए।

त्यसपछि जापान र फ्रान्सका अन्तरिक्षयात्रीले १२ सेप्टेम्बरमा सौर्य प्यानलको उपकरण जडान गर्न पनि तेस्रो स्पेसवाक गरेका थिए। (एपी)

प्रकाशित मिति: ०६:४२ बजे, बुधबार, असोज १३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्