प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थपियो १० लाख रुपैयाँ
काठमाडौं, साउन १६ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकले १० लाख १ हजार १ सय रुपैंया जम्....

काठमाडौं, साउन १६ : प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकले १० लाख १ हजार १ सय रुपैंया जम्मा गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई राहात रकमको चेक महासंघका अध्यक्ष केशव वडाल र बैंकका अध्यक्ष केबी उप्रेतीले हस्तान्तरण गरेका हुन्।
चेक बुझेपछि प्रधानमन्त्री ओलीले विपत्तीमा परेकाहरुलाई उद्धार र पुन:स्थापनाका लागि सहकारीकर्मीहरुले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे।
कार्यक्रममा अध्यक्ष वडालले विभिन्न सहकारी संस्था र सहकारीकर्मीहरुबाट रकम संकल गरेर विपत्तीमा परेकाहरुलाई सहयोग गरिएको बताए।
प्रकाशित मिति: १६:१७ बजे, बिहीबार, साउन १६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784896419.png)









