Kathmandu Press

प्राविधिक परीक्षणपछि बुद्धको एटीआर जहाज सञ्चालनमा

काठमाडौं, असोज १२ : प्राविधिक समस्याका कारण सोमबार आपत्कालीन अवतरण गरिएको बुद्धएयरको एटीआर ७२ जहाज प्राविधिक परीक्षणपछि आजबाट पुनः सञ्चालनमा आएको छ।प्राविधिक समस्याका...
प्राविधिक परीक्षणपछि बुद्धको एटीआर जहाज सञ्चालनमा
Hardik ivf

काठमाडौं, असोज १२ : प्राविधिक समस्याका कारण सोमबार आपत्कालीन अवतरण गरिएको बुद्धएयरको एटीआर ७२ जहाज प्राविधिक परीक्षणपछि आजबाट पुनः सञ्चालनमा आएको छ।

प्राविधिक समस्याका कारण इण्डिकेटरले काम नगर्दा जहाजले करीब दुई घण्टा आकाशमा फन्को लगाएको थियो। सोमबार बिहान ७३ यात्रु लिएर काठमाडौँबाट विराटनगर विमानस्थल  उडे पनि अवतरणका क्रममा रहेको उक्त जहाजको चक्का नखुलेपछि पुनः काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरिएको थियो।

नाइन एन एएनआइ कलसाइनको उक्त जहाजको प्राविधिक टोलीले मिहिन परीक्षण गरेको थियो। नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा जहाजले आज बिहानैदेखि सेवा थालेको कम्पनीले जनाएको छ। बहत्तर जना क्षमताको बुद्धको जहाजलाई प्राधिकरणको प्राविधिक टोलीले पनि परीक्षण गरेको थियो। जहाजमा प्राविधिक समस्या नरहेको बुद्धएयरले जनाएको छ।

प्रकाशित मिति: २१:०६ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्