Kathmandu Press

बिभिन्न ठाउँमा गरी ५ जना मृत फेला 

बिभिन्न ठाउँमा गरी ५ जना मृत फेला 

काठमाडौं, असोज १२ : काठमाडौं महानगरपालिका १५ जनगलीस्थित सडक किनारामा तार्केश्वर नगरपालिका घर बताउने ५३ वर्षीय हेमन्त पुतुवार मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

दाङको घोराही उपमहानगरपालिका १७ गैरिगाउँस्थित कटुवा खोलाको नहरमा सोही उपमहानगरपालिका ८ कोठरी बस्ने २२ वर्षीय भागिराम चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

Hardik ivf

कास्की, पोखरा महानगरपालिका १ सिमपानी गाईघाटस्थित सेती नदीमा पोखरा महानगरपालिका २५ बस्ने धादिङ गैंडाखर्क गाउँपालिका ५ घर भएका ४५ वर्षीय सार्की लामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाहीको हरिवन नगरपालिका ११ हरिवन बजार नजिक खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

बर्दिया, ठाकुरबाबा नगरपालिका २ कर्णाली चिसापानीको पुलमुनी हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८:४० बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्