Kathmandu Press

सुपथ मूल्यमा चामल बेच्दै नेपाल खाद्य संस्थान

डडेल्धुरा, असोज १२ : दसैँतिहार नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ। संस्थानले अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा...
सुपथ मूल्यमा चामल बेच्दै नेपाल खाद्य संस्थान

डडेल्धुरा, असोज १२ : दसैँतिहार नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ। 

संस्थानले अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा बिक्री गर्न थालेको हो।

Hardik ivf

निषेधाज्ञाका बेला पनि सस्तोमा चामल बेचेको संस्थानले दसैँतिहारलाई लक्षित गरी यहि असोज १ गतेदेखि पुनः सस्तोमा चामल बेच्न थालेको छ। मसिनो चामल ३० किलोग्रामको बोरा रु एक हजार ५१५ मा बिक्री गरिरहेको कार्यालय सहयोगी दानबहादुर निदालले बताए। सामान्यतया अरू समयमा संस्थानले यस चामललाई एक हजार ६२५ रुपैयाँमा बिक्री गर्दै आएको थियो।

यस्तै मोटा चामल ३० किलोग्रामको बोरालाई एक हजार २१५ रुपैयाँ पर्ने उनले बताए। दैनिक चार÷पाँच क्विन्टलको अनुपातमा चामल बिक्री हुने गरेको उनले बताए। संस्थानको चामल अलग्गै प्याकेजिङ हुने गरेको छ। ग्रेडिङ गरेको चामल हुने भएकाले चामलमा कनिका नहुने उनको भनाइ छ। एक पटक उपभोग गरेकाहरुले फेरि पनि संस्थानकै चामल खोज्ने थरेको उनले बताए।

प्रकाशित मिति: १८:०५ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्