Kathmandu Press

पर्यापर्यटनका माध्यमबाट पर्यटक आकर्षित गरिने

काठमाडौं, असोज १२ : विश्व पर्यटन दिवसका अवसरमा गोकर्णेश्वर नगरपालिका-४ स्थित राष्ट्रिय सहिद स्मारक निर्माण क्षेत्रमा वृक्षरोपण गरिएको छ। राष्ट्रिय सहिद तथा शान्ति पार्क, निजामती...
पर्यापर्यटनका माध्यमबाट पर्यटक आकर्षित गरिने

काठमाडौं, असोज १२ : विश्व पर्यटन दिवसका अवसरमा गोकर्णेश्वर नगरपालिका-४ स्थित राष्ट्रिय सहिद स्मारक निर्माण क्षेत्रमा वृक्षरोपण गरिएको छ। 

राष्ट्रिय सहिद तथा शान्ति पार्क, निजामती (स्मारक) यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवर्धन तथा उद्यान व्यवस्थापन समितिले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको नेतृत्वमा ४४१ बिरुवा रोपिएको हो। 

Hardik ivf

गोल्डेन धूपी, आरु एवं विभिन्न जातका फूल गरी ४४१ बिरुवा स्मारक क्षेत्रमा रोपिएको छ। सो अवसरमा सचिव कोइरालाले सामुदायिक वन क्षेत्रमा उद्यान निर्माण गरेर पर्यापर्यटन प्रवद्र्धन भएकामा खुसी व्यक्त गर्नुहुँदै यसको दिगो व्यवस्थापनमा काम हुनुपर्ने बताए।

सहिद, निजामती र घुन्सा स्मृति स्मारकसँगै पर्यापर्यटन प्रवर्धनका काम गर्न लागिएकाले सफल हुने उनको विश्वास थियो । 

कार्यक्रममा युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारी, समितिका अध्यक्ष सुदर्शन सिग्देल, जिल्ला समन्वय समिति काठमाडौंका सदस्य सान्नानी लामालगायतले सामुदायिक वनमा पर्यापर्यटनका माध्यमबाट पनि पर्यटक आकर्षित गर्न सकिनेमा जोड दिएका थिए।

प्रकाशित मिति: १५:४० बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्