Kathmandu Press

इपिएल मंगलबारकाे खेल स्थगित

काठमाडौं, असोज १२ : एभरेष्ट प्रिमियर लिग (इपिएल) मा लगातार तेस्रो खेल स्थगित भएको छ।टियु मैदानमा आज (मंगलबार) आयोजित खेल खराब मौसमका कारण स्थगित...
इपिएल मंगलबारकाे खेल स्थगित

काठमाडौं, असोज १२ : एभरेष्ट प्रिमियर लिग (इपिएल) मा लगातार तेस्रो खेल स्थगित भएको छ।

टियु मैदानमा आज (मंगलबार) आयोजित खेल खराब मौसमका कारण स्थगित भएको हो। आज   काठमाडौं किंग्स इलेवेन र पोखरा राइनोजबीचको खेल हुने तािलका थियाे।

स्थगित खेलका लागि ईपीएलले नयाँ तालिका सार्वजनिक गर्नेछ। सोमबार पनि निर्धारित दुवै खेल स्थगित भएका थिए। आइतबार पनि दोस्रो खेल पनि पूरा समय हुन नसक्दा पोखरा र भैरहवा ग्लाडियटर्सले अंक बाँडे।

सोमबार पहिलो खेल काठमाडौं र विराटनगर वारियर्सबीच निर्धारण भएको थियो। पर पानी परेर मैदान भिजेपछि खेल स्थगित भएको थियो। दिउँसोका लागि निर्धारित भैरहवा र चितवन टाइगर्सको खेल स्थगित भएको थियो।

प्रकाशित मिति: १५:२८ बजे, मंगलबार, असोज १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्