Kathmandu Press

विभागीय टोली एपिएफ र न्यु डाइमन्ड विजयी

काठमाडाैं, असाेज १२ : छैटौं राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विभागीय टोली नेपाल एपिएफ क्लब र न्यु डायमन्ड स्पोर्ट्स क्लबले...
विभागीय टोली एपिएफ र न्यु डाइमन्ड विजयी

काठमाडाैं, असाेज १२ : छैटौं राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फ विभागीय टोली नेपाल एपिएफ क्लब र न्यु डायमन्ड स्पोर्ट्स क्लबले जित हासिल गरेका छन्।  

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आज भएको महिलातर्फको खेलमा एपिएफले तीन भारतीय खेलाडी सम्मिलिन ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै जित हासिल गरेको हो।

एपिएफले ढोरपाटनमाथि पहिलो सेट २५–११, दोस्रो सेट २५–७ तथा तेस्रो सेट २५–६ ले आफनो पक्षमा पार्‍यो।

त्यस्तै अर्को खेलमा न्यू डायमन्ड स्पोर्ट्स क्लबले एभरेस्ट भलिबल ट्रेनिङ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै जित हासिल गर्‍यो। डायमन्डले पहिलो सेट २५–६, दोस्रो २५–५ र तेस्रो तथा अन्तिम सेट २५–१३ को जीत निकाल्न सफल भयो । 

महिला र पुरुष टोलीको विजेताले समान रु चार लाख तथा उपविजेताले रु दुई लाख प्राप्त गर्नेछन्। त्यस्तै तेस्रो हुने टोलीले रु. एक लाख प्राप्त गर्नेछन्। 

च्याम्पियनसिपमा  सर्वोत्कृष्ट घोषित हुने खेलाडीले रु २५ हजार पाउनेछन् भने उत्कृष्ट घोषित हुने अन्य विधा स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही रु. १० हजार प्राप्त गर्नेछन्।

प्रकाशित मिति: १५:१९ बजे, मंगलबार, असोज १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्