चालकले यात्रुलाई बुझाए ट्याक्सीमा छुटेको साढे दुई लाख
काठमाडौं, साउन १६ : ट्याक्सीमा छुटेको दुई लाख ५० हजार रुपैयाँ चालकले प्रहरीमार्फत यात्रुलाई बुझाएका छन्।
उपत्यकामा सञ्चालित कुलबहादुर श्रेष्....
काठमाडौं, साउन १६ : ट्याक्सीमा छुटेको दुई लाख ५० हजार रुपैयाँ चालकले प्रहरीमार्फत यात्रुलाई बुझाएका छन्।
उपत्यकामा सञ्चालित कुलबहादुर श्रेष्ठको बा २ ज ४१५५ नम्बरको ट्याक्सीमा एक यात्रुको दुई लाख ५० हजार छुटेको थियो।
श्रेष्ठले उक्त रकम ट्राफिक प्रहरीलाई बुझाएका थिए। प्रहरीले यात्रुको खोजि गरिरहेको थियो।
ट्याक्सीमा पैसा छोडेका विवेक खड्का आज महानगरीय ट्राफिक प्रहरी महाशाखामा आएपछि उक्त रकम बुझाइएको हो।
महाशाखाका प्रहरी उपरीक्षक रवीकुमार पौडेलले खड्कालाई दुई लाख ५० हजार हस्तानतरण गरे।
प्रकाशित मिति: १५:०२ बजे, बिहीबार, साउन १६, २०७६
थप समाचार






