Kathmandu Press

जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट

जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट

जाजरकोट, असोज १२ : जाजरकोटबाट अक्सिजन भर्न नेपालगञ्ज जानुपर्ने बाध्यता अब हटेको छ। स्वास्थ्य सेवा कार्यालयले रु. ७५ लाखको अक्सिजन प्लान्ट खरिद गरेपछि जिल्ला अस्पतालमा अक्सिजनको समस्या हल भएको हो।

नेपालगञ्जबाट अक्सिजन भरेर जिल्ला अस्पतालले सेवा प्रदान गरिँदै आएको अस्पलात विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिए। 

Hardik ivf

अघिल्लो पटक भएको बोलपत्र आह्वानमा ठेकेदारले ठेक्का लिए पनि प्लान्ट खरिद गर्न नसक्दा बजेट फ्रिज भएको थियो। जिल्ला अस्पताललाई ५० शय्याका रुपमा विकाससँगै नयाँ प्राविधि थप्ने क्रम जारी छ।

शय्या थपसँगै नयाँ भवन निर्माणाधीन छ। भवनमा समेत अर्को अक्सिजन प्लान्ट राख्ने डिजाइनमै भएकाले जिल्लामा अब दुईवटा प्लान्ट हुने जनाइएको छ। अहिले जडान भइरहेको प्लान्टबाट प्रतिदिन ४० लिटरका ४५ सिलिन्डर भर्न सकिने कार्यालय प्रमुख टीकाराम जैसीले बताए।

यहाँ जडान गरिएको पलान्टले छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिमका केही भागलाई समेत सहयोग पुग्ने जनाइएको छ। 

प्रकाशित मिति: १४:४९ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्