Kathmandu Press

ताप्लेजुङमा अक्सिजन उत्पादन कार्य सुरु

फुङ्लिङ, असोज १२ : ताप्लेजुङको जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्न थालिएको छ। गत साता अक्सिजन प्लान्ट जडान भएसँगै उत्पादन गर्न थालिएको हो।नियमित अक्सिजन...
ताप्लेजुङमा अक्सिजन उत्पादन कार्य सुरु

फुङ्लिङ, असोज १२ : ताप्लेजुङको जिल्ला अस्पतालमा अक्सिजन उत्पादन गर्न थालिएको छ। गत साता अक्सिजन प्लान्ट जडान भएसँगै उत्पादन गर्न थालिएको हो।

नियमित अक्सिजन उत्पादन सुरु गरिएकाले अन्य जिल्लाबाट अक्सिजन आयत गर्नुपर्ने समस्या अहिले हटेको अस्पतालका सूचना अधिकारी विजया राईले बताए।

Hardik ivf

कतिपय बरामीले समयमै अक्सिजन नपाएर ज्यान गुमाउनुपर्ने समस्या भएकामा अहिले अस्पतालमै  अक्सिजन उत्पादन हुन थालेकाले जिल्लाभित्रका सबै स्वास्थ्य संस्थामा अक्सिजन आपूर्ति गर्नसमेत सहज हुने उहाँको भनाइ थियो। 

ठेक्का पाएको प्रविधि इन्टरनेश्नल सप्लार्यसले रु ७१ लाख ५० हजारको लागतमा प्लान्ट जडान गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा सोनिङ लामाले जानकारी दिए।

अब यही प्लान्टमार्फत २४ घण्टामा २० थान अक्सिजन ठूलो सिलिण्डर बराबर अक्सिजन उत्पादन गर्न सकिने सप्लार्यसका प्राविधिक दिलबहादुर विकले जानकारी दिए।

प्रकाशित मिति: १३:३२ बजे, मंगलबार, असोज १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्