कार्यपालिका सदस्य शर्माको निधन
सुनसरी, असोज १२ : सुनसरीको देवानगन्ज गाउँपालिका कार्यपालिका सदस्य नरेश शर्माको आज निधन भएको छ।देवानगञ्ज तीन घर निवासी सदस्य शर्माको ६० वर्षको उमेरमा हृदयाघातका...
सुनसरी, असोज १२ : सुनसरीको देवानगन्ज गाउँपालिका कार्यपालिका सदस्य नरेश शर्माको आज निधन भएको छ।
देवानगञ्ज तीन घर निवासी सदस्य शर्माको ६० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले जानकारी दिए।
स्व. शर्माप्रति कांगे्रसका जिल्ला सभापति तथा प्रदेश १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, गाउँपालिका अध्यक्ष लालिप्रसाद मेहता, जिल्ला सचिव भण्डारी, देवानगञ्ज गाउँ सभापति जगधर यादवलगायतले पार्टीको झन्डा ओढाएर अन्तिम श्रदाञ्जली दिएका थिए।
प्रकाशित मिति: १३:०४ बजे, मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












