पूँजी निर्माणका केन्द्रित हुन अर्थमन्त्रीको आह्वान
काठमाडौं, साउन १६ : अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित हुने निजी क्षेत्रलाई आह्वान गरेका छन्।
उनले राष्ट्रि....

काठमाडौं, साउन १६ : अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित हुने निजी क्षेत्रलाई आह्वान गरेका छन्।
उनले राष्ट्रिय पूँजी निर्माणका लागि उद्योग विस्तार गर्नेगरी सरकारले भन्सारसम्बन्धी नीति ल्याएको जिकिर गर्दै त्यसले उपलब्ध गराएको सुविधाको सदुपयोग गरेर अघि बढन निजी क्षेत्रसँग आग्रह गरे।
आजदेखि काठमाडौंमा सुरु भएको ‘भन्सार व्यवस्थापन’ सम्बन्धी गोष्ठीको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले उद्योग विस्तारका लागि आयात गर्ने बस्तुहरुको करमा छुट दिन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे। उनले राष्ट्रिय उद्योगको संरक्षणका लागि सरकारले कर छुटसम्बन्धी थुप्रै नीति लिएको उल्लेख गर्दै त्यसको उपयोग गरेर अघि बढन पनि निजी क्षेत्रका उद्योगी, व्यवसायीहरुलाई आग्रह गरे।
अर्थमन्त्री खतिवडाले मुलुकमा औद्योगिक क्षेत्रको विस्तारका लागि सरकारले भन्सार प्रणालीमा पनि सुधारको प्रयासलाई उच्च प्राथमिकता दिएको बताए। उनले चोरी, पैठारी नियन्त्रण गर्न पनि सम्वद्ध सबै पक्षलाई सचेत गराए।
कार्यक्रममा भन्सार विभागका महानिर्देशक रामेश्वर दंगालले खुला सीमा भएको क्षेत्रमा चोरी, पैठारी नियन्त्रण गर्न चुनौति रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि सुरक्षा निकायको उचित व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याए।
महानिर्देशक दंगालले देशका मुख्यमुख्य नाकासहित २४ वटा भन्सार कार्यालयको आर्थिक गतिविधि बैंकिङ कारोबारबाट सुरु गरिएको पनि जानकारी दिए।

-1784896419.png)









