Kathmandu Press

इपिएल : सोमबार स्थगित भएका खेल शुक्रबार र शनिबार हुने

काठमाडाैं, असाेज ११ : कीर्तिपुरस्थित टियू मैदानमा जाई एभरेस्ट प्रियिमर लिगअन्तर्गत सोमबार वर्षाले मैदान हिलो भएपछि टस नै नभइ स्थगित भएका दुवै खेल...
इपिएल : सोमबार स्थगित भएका खेल शुक्रबार र शनिबार हुने

काठमाडाैं, असाेज १२ : कीर्तिपुरस्थित टियू मैदानमा जाई एभरेस्ट प्रियिमर लिगअन्तर्गत सोमबार वर्षाले मैदान हिलो भएपछि टस नै नभइ स्थगित भएका दुवै खेल अर्को दिन हुने भएको छ। आयोजक इपिएलले सोमबार नयाँ तालिका सार्वजनिक गर्दै स्थगित भएका खेल शुक्रबार र शनिबार हुने जनाएको छ।

वर्षका सोमबारका लागि तय भएका विराटनगर वारियर्स र काठमाडौं किंग्स तथा भैरहवा ग्लाडियर्टस र चितवन टाइगर्सबीचको खेल स्थगित भएको छ । इपिएल आयोजकले क्लबहरुको सहमतिमा स्थगित खलको नयाँ मिति तय गरेको हो।

नयाँ तालिका अनुसार विराटनगर र काठमाडौंबीचको खेल शनिबार हुने छ भने भैरहवा र चितवनबीचको खेल शनिबार हुनेछ । दुवै खेल बिहान ९ः३० बजे हुने छ।

यस्तै, आजका लागि तय भएको पोखरा राइनोज र काठमाडौं किंग्सबीचको खेल पनि स्थागित भए नयाँ मितिमा खेलिने बताइएको छ।

प्रकाशित मिति: ०९:२९ बजे, मंगलबार, असोज १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्