ट्रकको ठक्करबाट आमाछोराको मृत्यु
बुटवल, असोज १२ : ट्रकले ठक्कर दिँदा रूपन्देहीमा दुई जनाको ज्यान गएको छ।आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैनाको बुद्धनगरमा ट्रकले ठक्कर दिँदा दुई जनाको...
बुटवल, असोज १२ : ट्रकले ठक्कर दिँदा रूपन्देहीमा दुई जनाको ज्यान गएको छ।
आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सैनामैनाको बुद्धनगरमा ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार सैनामैना नगरपालिका ५ बुद्धनगरका ३८ वर्षीया राधा भट्टराई र उनका छोरा १८ वर्षीय महेश भट्टराईको मृत्यु भएको हो।
पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना ८ ख ४४११ नम्बरको ट्रकले दुवै जनालाई ठक्कर दिएको थियो। उनीहरु सडकमा गाडी कुरिरहेका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालक धनराज गिरीलाई प्रहरीले निण्न्त्रयामा लिएको छ।
प्रकाशित मिति: ०८:३१ बजे, मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












