Kathmandu Press

उपनिर्वाचनको तयारी, आयोगले बोलायो सर्वदलीय बैठक

काठमाडौं, साउन १६ : निर्वाचन आयोगले उपनिर्वाचनको तयारी सुरू गरेको छ। यसका लागि आज सर्वदलीय बैठक बोलाएको छ।

आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र ....

उपनिर्वाचनको तयारी, आयोगले बोलायो सर्वदलीय बैठक
फाइल फोटो

काठमाडौं, साउन १६ : निर्वाचन आयोगले उपनिर्वाचनको तयारी सुरू गरेको छ। यसका लागि आज सर्वदलीय बैठक बोलाएको छ।

आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त स्थानमा उपनिर्वाचन गर्ने तयारी गरेको हो। यस विषयमा छलफल गर्न सर्बदलीय बैठक बोलाएको आयोगले जनाएको छ।

आज आयोगको कार्यालयमा बोलाएको बैठकमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १८ दललाई आमन्त्रण गरेको छ। आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार, निर्वाचनको मिति तोक्ने र निर्वाचन प्रक्रियाका विषयमा छलफल हुनेछ।

दलहरूसँगको छलफलपछि आयोगले उपयुक्त समय तय गर्नेछ। आयोगको परामर्शका आधारमा सरकारले उपनिर्वाचनको मिति तोक्नेछ।

 

प्रकाशित मिति: ११:५६ बजे, बिहीबार, साउन १६, २०७६