Kathmandu Press

झापामा टिपरको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं, असोज ११ : झापामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका १० माईधारस्थित सडकमा प्रदेश नम्बर ०३-००१ क ००९५ नम्बरको टिपरले...
झापामा टिपरको ठक्करबाट एक जनाको मृत्यु
Hardik ivf

काठमाडौं, असोज ११ : झापामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

शिवसताक्षी नगरपालिका १० माईधारस्थित सडकमा प्रदेश नम्बर ०३-००१ क ००९५ नम्बरको टिपरले को २ च २६३२ नम्बरको गाडीलाई सोमबार बिहान ठक्कर दिँदा गाडी अनियन्त्रित भई कन्काई सिंचाई आयोजनाको नहरमा पल्टिँदा गाडी चालक दमक नगरपालिका ९ बस्ने ४० वर्षीय नेत्र खड्काको घटनास्थलमै मृत्यु भएको छ ।

टिपर चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: १८:३६ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्