Kathmandu Press

एनसेल र एनटीसीका टावरमा श्रृंखलाबद्ध विस्फोट

काठमाडौं, साउन १६ : अज्ञात समूहले दुई दिनमा एनसेल र एनटीसीका एक दर्जनभन्दा बढी टावरमा श्रृंखलाबद्ध विस्फोट गराएको छ। विस्फोटल टेलिफोन टावरमा क्षति पुग....

एनसेल र एनटीसीका टावरमा श्रृंखलाबद्ध विस्फोट

काठमाडौं, साउन १६ : अज्ञात समूहले दुई दिनमा एनसेल र एनटीसीका एक दर्जनभन्दा बढी टावरमा श्रृंखलाबद्ध विस्फोट गराएको छ। विस्फोटल टेलिफोन टावरमा क्षति पुगेको छ।

प्रहरीका अनुसार, हिजो र आज बिहानसम्म झापादेखि डडेल्धुरासम्मका एक दर्जनभन्दा बढी टावरमा बम विस्फोट गरिएको हो। अज्ञात समूहले हिजो मध्यरातिदेखि आज बिहान ८ बजेसम्म विस्फोट गराएको छ।

विस्फोटको प्रकृति एउटै रहेको प्रहरीले जनाएको छ। विस्फोट भएका जिल्लाबाट आएको जानकारी अनुसार, एनसेल र एनटीसीका टावर ‘टार्गेट’ गरिएको पाइएको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार, ललितपुर, सिन्धुलपाल्चोक, धादिङ, नवलपरासी र झापामा टेलिफोन टावरमा विस्फोट गरिएको हो। त्यस्तै, बाग्लुङ, पर्वत, कपिलवस्तु, म्इाग्दी, अर्घाखाँची, कैलाली र डडेल्धुराका एनसेल र एनटीसीका टावरमा पनि बम विस्फोट गराइएको छ।

बम विस्फोटबाट टेलिफोन टावरमा क्षति पुगेको छ। विस्फोटको जिम्मेवारी कसैले लिएको छैन।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि आशंका गरेको छ। यसमा थप अनुन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ११:३१ बजे, बिहीबार, साउन १६, २०७६