Kathmandu Press

भारतीय दूतावासद्वारा वनविज्ञान अध्ययन संस्थानलाई शैक्षिक सामग्री

काठमाडौं, असोज ११ : भारतीय राजदूतावासको काउन्सिलर अफिस वीरगञ्जले मकवानपुरको हेटौंडामा रहेको वन विज्ञान अध्ययन संस्थानलाई आज शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।सो काउन्सिलर अफिसका...
भारतीय दूतावासद्वारा वनविज्ञान अध्ययन संस्थानलाई शैक्षिक सामग्री

काठमाडौं, असोज ११ : भारतीय राजदूतावासको काउन्सिलर अफिस वीरगञ्जले मकवानपुरको हेटौंडामा रहेको वन विज्ञान अध्ययन संस्थानलाई आज शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

सो काउन्सिलर अफिसका काउन्सिलर नितेशकुमारले सो संस्थानका प्रमुख डा. शिवकुमार मानजनलाई अङ्ग्रेजी र हिन्दीमाध्यमका सांस्कृतिक किताब तथा पत्रपत्रिका हस्तान्तरण गरेका थिए।

समारोहमा काउन्सिलर नितेशले नेपालको शैक्षिक क्षेत्रको विकासमा भारतले सहयोग गर्दै आएको र थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा संस्थानका प्रमुख डा मानजनले अध्ययन संस्थानको भौतिक पूर्वाधार निर्माण र विस्तारमा थप सहयोगका लागि आग्रह गरे। 

भारत सरकारको सहयोगमा २०२१ मा हेटौंडामा रहेको वन विज्ञान अध्ययन संस्थानको शैक्षिक भवनलगायत पूर्वाधारको शिलान्यास भएको थियो। २०२४ मा सुरु भई सो संस्थानमा वन विज्ञानतर्फ स्नातक र स्नातकोत्तरको अध्ययन तथा अध्यापन भइरहेको छ।

साथै भारत सरकारको सहयोगमा संस्थानको हाताभित्र रु चार करोडको लागतमा म्युजियम कम्प्लेक्स निर्माण भएको प्रमुख मानजनले जानकारी दिए। 

प्रकाशित मिति: १६:०७ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्