Kathmandu Press

जितियाका अवसरमा प्रदेश २ का महिलालाई आउने बुधबार बिदा

जनकपुरधाम, असोज ११ : प्रदेश २ सरकारले आउने बुधबार जितियाको अवसरमा महिलालाई सार्वजनिक बिदा दिएको छ।मधेसी महिलाहरुको ठूलो पर्वका रूपमा  जितियालाई लिने गरिन्छ। मुख्यमन्त्री...
जितियाका अवसरमा प्रदेश २ का महिलालाई आउने बुधबार बिदा
Hardik ivf

जनकपुरधाम, असोज ११ : प्रदेश २ सरकारले आउने बुधबार जितियाको अवसरमा महिलालाई सार्वजनिक बिदा दिएको छ।

मधेसी महिलाहरुको ठूलो पर्वका रूपमा  जितियालाई लिने गरिन्छ। मुख्यमन्त्री लालबाबु राउतले आज (सोमबार) जितिया पर्वको शुभकामना दिँदै असोज १३ गतेका लागि महिलाहरुलाई सार्वजनिक बिदा दिने घोषणा गरेका हुन्।

सोमबारदेखि शुरु भएको जितिया पर्व मंगलबार बिहानीपख आँगनमा घिरौलाको पातमा दही र केरा चढाएपछि महिलाहरू निराहार व्रत बस्छन्। उनीहरूको व्रत बुधबार साँझ ५ बजेर १५ मिनेटसम्म कायम रहने जनाइएको छ।

प्रकाशित मिति: १५:२२ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्