Kathmandu Press

हुम्लाका ६ स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न

हुम्लाका ६ स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न

सिमकोट, असोज ११ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत हुम्लाका सातमध्ये आइतबारसम्म ६ गाउँपालिकामा अधिवेशन सम्पन्न भएको छ। 

सिमकोट, खार्पुनाथ, नाम्खा, चङ्खेली, ताँजाकोट र अदानचुली गाउँपालिकामा सहमतिका आधारमा गाउँपालिका अधिवेशन सम्पन्न भएको छ।  सर्केगाडमा अझै सहमति हुन नसकेको बताइएको छ।

अधिवेशनबाट नाम्खामा सुनमबहादुर लामा, सिमकोटमा धर्मराज रोकाया, खार्पुनाथमा टक्कबहादुर शाही, अदानचुलीमा विष्णुबहादुर भण्डारी, ताँजाकोटमा कृष्णबहादुर मल्ल र चङ्खेली गाउँपालिकामा नर भण्डारीको नेतृत्वमा सहमतिमा नेतृत्व चयन भएको छ।

प्रकाशित मिति: १४:५७ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्