बेपत्ता भएको एक सातापछि मृत भेटिए एमालेका स्थानीय नेता रावत

अछाम, असोज ११ : अछामको रामारोशमा एकजना मृत अवस्थामा भेटिएका छन्।
मृत्यु हुनेमा अछामको बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाका धनबहादुर रावत रहेको प्रहरीले जनाएको छ।
उनी स्थानीय एमाले नेता रहेको र आफ्नै वडाबाट गत स्थानीय निर्वाचनमा वडाध्यक्षको उम्मेदवार रहेको बताइएको छ। रामारोशन गाउँपालिका–७ सुतारको अनन्ते मेला हेर्न गएका रावत असोज ४ गते रातिदेखि बेपत्ता थिए।
उनको शव सोमबार बिहान कालारवा लेकको जंगलमा भेटिएको प्रहरीको भनाइ छ।
रावतको खोजीका लागि स्थानीयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको र मोबाइल लोकेसनका आधारमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
प्रकाशित मिति: १४:१९ बजे, सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












