Kathmandu Press

भलिबलमा वाग्मतीमाथि हेल्प नेपालको जित

काठमाडौं, असोज ११ : राजधानीमा जारी छैटौं संस्करणको एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले विजयी हासिल गरेको...
भलिबलमा वाग्मतीमाथि हेल्प नेपालको जित

काठमाडौं, असोज ११ : राजधानीमा जारी छैटौं संस्करणको एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले विजयी हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा हेल्प नेपालले वाग्मती प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै विजयी हासिल गरेको हो। हेल्प नेपालले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१३ र तेस्रो तथा अन्तिम सेटमा २५–१२ को जित निकाल्यो।

यस जितसँगै समूह ‘ए’ मा रहेको हेल्प नेपालले दुई अङ्क बटुलेको छ। यता वाग्मतीको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा वाग्मती गल्कोट स्पोर्ट्स क्लबसँग पराजित भएको थियो।

नेपाल भलिबल सङ्घको आयोजना भएको उक्त प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ।

महिला तथा पुरुष विजेता टोलीले रु. ४ लाख प्राप्त गर्ने छ भने उपविजेता टोलीले रु. ४ लाख पाउने छ। तेस्रो हुने टोलीले रु. १ लाख प्राप्त गर्नेछ।

प्रकाशित मिति: १४:१० बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्