Kathmandu Press

मैदान भिजेपछि इपिएल काठमाडौं र विराटनगरको खेल स्थगित

मैदान भिजेपछि इपिएल काठमाडौं र विराटनगरको खेल स्थगित

काठमाडौं, असोज ११ : राजधानीमा जारी चौथो संस्करण एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज (सोमबार) हुने भनिएको काठमाडौं किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेका कारण स्थगन भएको छ। 

निर्धारित समयभन्दा दुई घण्टासम्म पनि खेल सुरु हुन नसकेपछि अम्पायरले खेल स्थगन गरेको हो। आइतबार भएको भारी वर्षाका कारण आउटफिल्ड भिजेकाले काठमाडौं र विराटनगरबीचको खेल टससमेत नभई स्थगन भएको हो।
    
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं  लगातार दोस्रो जितको योजनामा रहेको थियो। काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई पराजित गरेको थियो।

यो खेल काठमाडौँका शाहिद अफ्रिदीको अन्तिम रहेको थियो। उनी दुई खेलका लागि काठमाडौँ आएका थिए । त्यस्तै करण केसीको कप्तानीमा रहेको विराटनगर भने पहिलो जितको योजनामा थियो।

पहिलो खेलमा विराटनगर चितवन टाइगर्ससँग पराजित भएको थियो। प्रतियोगितामा विभिन्न छ सहरका फ्रेन्चाइज टोलीको सहभागिता छ। प्रतियोगिताको विजेता टोलीले रु ५० लाख तथा उपविजेताले रु १५ लाख प्राप्त गर्नेछन्।

प्रकाशित मिति: १४:०६ बजे, सोमबार, असोज ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्