Kathmandu Press

सवारी दुर्घटनामा पाँचजनाको मृत्यु 

सवारी दुर्घटनामा पाँचजनाको मृत्यु 

काठमाडौं, असोज ११  : मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ।

नवलपरासी (पश्चिम) काे सुनवल नगरपालिका–१२ नविन टोलमा ना८ख २८७७ नम्बरको ट्रकले प्रदेश ३–०२–००८प ४३२३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही बुटवल उपमहानगरपालिका–१५ सेम्लार बस्ने २५ वर्षीय सौरभ सुवेदीको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएको उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

Hardik ivf

धनुषाको जनकपुर उपमहानगरपालिका–८ पिडारी चोकमा ना७ख ४७४१ नम्बरको टिपर र ज९प १४९७ नम्बरको  मोटरसाइकल आपसमा ठोक्किएर आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भारत मुजफरपुर बिहार बस्ने ४५ वर्षीय नन्द किशोर दासको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएको उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ तेल्लोकमा मे।१ त ६३९० नम्बरको ट्याक्टरको ठक्करबार पदैलयात्री ४५ वर्षीय ईन्द्र भट्टराईको आइतबार साँझ घटनास्थलमै मृत्यु भएको छ। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ। 

बाँकेको कोहलपुर नगरपालिका–९ पार्वतीपुर नजिक सडकमा लु१च ६९८७ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–८ पिपिरी बस्ने ३५ वर्षीय धर्मराज घर्तीको आइतबार राति मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रण लिएको छ। 

चितवनको रत्ननगर नगरपालिका–५ तरौलीस्थित भित्री सडकमा ना८प २६८३ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री हाल वतन नखुलेका बाजे नामले चिनिने ७५ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रकाशित मिति: १४:०१ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्