Kathmandu Press

चितुवाले खोरभित्र पसेर मार्‍यो २३ वटा बाख्रा

काठमाडौं, असोज ११ : चितुवाले गुलरिया नगरपालिका–५ सन्तोषी टोलस्थित बृस पशुपक्षी तथा बाख्रापालन फार्मका २३ बाख्रा मारेको छ।खोरभित्र बाँधिएका २३ बाख्रालाई चितुवाले मारेको...
चितुवाले खोरभित्र पसेर मार्‍यो २३ वटा बाख्रा

काठमाडौं, असोज ११ : चितुवाले गुलरिया नगरपालिका–५ सन्तोषी टोलस्थित बृस पशुपक्षी तथा बाख्रापालन फार्मका २३ बाख्रा मारेको छ।

खोरभित्र बाँधिएका २३ बाख्रालाई चितुवाले मारेको तथा करिब ३ लाख बराबरको क्षति भएको पीडित चन्द्रकान्त पौडेलले जानकारी दिए।

नजिकैको सामुदायिक वनबाट आएको चितुवा राति एक्कासी आएर सबै बाख्रा मारेको पौडेलले बताए।

सूचना प्राप्त भएलगत्तै घटनास्थलमा प्रहरी जाँदा सम्पूर्ण खसी तथा बाख्रा मृतावस्थामा फेला परेका र अन्य विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिए।

प्रकाशित मिति: १३:४९ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्