निर्माणाधीन घरबाट लडेर एकको मृत्यु
रुपन्देही, असोज ११ : बुटवल उपमहानगरपालिका–१४ पत्थरगंजस्थित देव बहादुर खत्रीको निर्माणाधीन घरमा मिस्त्री काम गर्ने क्रममा लडेर दाङ लमही नगरपालिका–९ वनभुटानी बस्ने ३० वर्षीय...
रुपन्देही, असोज ११ : बुटवल उपमहानगरपालिका–१४ पत्थरगंजस्थित देव बहादुर खत्रीको निर्माणाधीन घरमा मिस्त्री काम गर्ने क्रममा लडेर दाङ लमही नगरपालिका–९ वनभुटानी बस्ने ३० वर्षीय किसन चौधरीको आइतबार दिउँसो मृत्यु भएको छ।
उक्त गरको तेस्रो तलामा प्लास्टर गर्ने क्रममा अचानक बाँस भाँचिएर लड्दा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
साथै खसेर घाइते भएका बाँके कोहलपुर नगरपालिका–२ बर्दहवा बस्ने २५ वर्षीय गोविन्दप्रसाद थारुको सोही अस्पतालमा उपचार भइरहेको छ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:३४ बजे, सोमबार, असोज ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












