Kathmandu Press

पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार

काठमाडौं, असोज ११ : पशुपतिनाथ मन्दिर क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार गरिएको छ।आज (सोमबार) बिहान ३५ वर्षीय सन्तोष बाबालाई विश्वरुपा मन्दिरनजिकै शौचालयतर्फ जाँदै गर्दा...
पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार

काठमाडौं, असोज ११ : पशुपतिनाथ मन्दिर क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार गरिएको छ।

आज (सोमबार) बिहान ३५ वर्षीय सन्तोष बाबालाई विश्वरुपा मन्दिरनजिकै शौचालयतर्फ जाँदै गर्दा अज्ञात व्यक्तिले खुकुरीले हानेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ। 

खुकुरी हान्ने व्यक्तिले  ‘माल निकाल’ भन्दै गाँजा मागेको थाहा हुन आएको प्रहरीले जनाएको छ। सन्तोष बाबाले गाँजा नभएको बताएपछि ती व्यक्तिले खुकुरी हानेका थिए।

अहिले सन्तोष बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। महानगरीय प्रहरी वृत्त गौशालाले घटनाबारे अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रकाशित मिति: १३:२६ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्