अन्न भण्डार क्षेत्रमै पोहोरभन्दा कम रोपाइँ
काठमाडौं, साउन १६ : अन्न भण्डार क्षेत्र प्रदेश २ मै यो वर्ष रोपाइ कम भएको छ। गत वर्षको तुलनामा २० प्रतिशत रोपाइँ कम भएको कृषि मन्त्रालयले जनाएको....
काठमाडौं, साउन १६ : अन्न भण्डार क्षेत्र प्रदेश २ मै यो वर्ष रोपाइ कम भएको छ। गत वर्षको तुलनामा २० प्रतिशत रोपाइँ कम भएको कृषि मन्त्रालयले जनाएको छ।
कृषि मन्त्रालयका अनुसार, प्रदेश २ मा ७४ प्रतिशत मात्रै रोपाइँ भएको छ। जबकी गत वर्ष यो समयमा ९४ प्रतिशत रोपाइँ भएको थियो । यस प्रदेश २ को रौतहतमा ६० प्रतिशत र धनुषामा ६५ प्रतिशत मात्र रोपाइँ भएको छ।
कृषि मन्त्रालयको तथ्यांकअनुसार, प्रदेश १ मा ७१ दशमलब ६५ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष प्रदेश १ मा ७७ दशमलब २४ प्रतिशत रोपाइँ भएको थियो।
त्यस्तै, सबैभन्दा धेरै रोपाई सुदूरपश्चिम प्रदेशमा भएको छ। सुदूरपश्चिमा ९४ दशमलव १७ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ। गत वर्षको तुलनामा भने चार प्रतिशत कम रोपाइँ भएको छ। गत वर्ष यो समयमा ९७ दशमलव २ प्रतिशत रोपाइँ भएको थियो।
त्यस्तै कर्णाली प्रदेशमा ९२ दशमलव ४० प्रतिशतले रोपाइँ भएको छ। गत वर्ष ८४ दशमलव ३९ प्रतिशत रोपाइँ भएको थियो।
प्रदेश ५ मा गत वर्षकै तुलनामा रोपाइ भएको छ। गत वर्ष यति बेला ८४ प्रतिशत रोपाइँ भएको थियो भने यो वर्ष ८४ दशमलब ६० प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै प्रदेश ३ मा गत वर्षको तुलनामा कम रोपाइँ भएको छ। गत वर्ष ८१ दशमलव ८४ प्रतिशत रोपाइँ भएको थियो भने यस वर्ष चार प्रतिशत कम रोपाइँ भएको छ।
यस्तै, तराईभन्दा उच्च पहाडमा रोपाइँ धेरै भएको छ। उच्च पहाडी क्षेत्रमा ८४ प्रतिशत, पहाडी क्षेत्रमा ८० प्रतिशत र तराई क्षेत्रमा ७९ प्रतिशत रोपाइ भएको मन्त्रालयको तथ्यांक छ।












