Kathmandu Press

बागलुङका आठ पालिकामा कांग्रेसको नेतृत्व चयन, दुईमा सहमतिको प्रयास जारी 

बागलुङ, असोज ११ : नेपाली कांग्रेसको जारी पालिका अधिवेशनअन्तर्गत यहाँका आठ स्थानीय तहमा नेतृत्वको टुङ्गो लागेको छ। बागलुङ, जैमिनी, ढोरपाटन नगरपालिका सहित निसीखोला, तमानखोला,...
बागलुङका आठ पालिकामा कांग्रेसको नेतृत्व चयन, दुईमा सहमतिको प्रयास जारी 

बागलुङ, असोज ११ : नेपाली कांग्रेसको जारी पालिका अधिवेशनअन्तर्गत यहाँका आठ स्थानीय तहमा नेतृत्वको टुङ्गो लागेको छ। बागलुङ, जैमिनी, ढोरपाटन नगरपालिका सहित निसीखोला, तमानखोला, बडिगाड, ताराखोला र काठेखोला गाउँपालिकामा नयाँ नेतृत्व चुनिएको हो।

बागलुङ नगरपालिकाको सभापतिमा  उमाकान्त शर्मा ‘बाबु’ निर्वाचित भएका छन्। नेपाली कांग्रेस बागलुङका अनुसार ढोरपाटनमा धनबहादुर कायत ‘कल्याण’ र जैमिनी नगरपालिकामा प्रेम सापकोटा सभापतिमा निर्वाचित भएका छन्। यी दुई नगरपालिकामा पनि सर्वसम्मतको प्रयास असफल भएपछि अन्तिममा मतदानबाट नेतृत्वको टुङ्गो लागेको हो।

Hardik ivf

बडिगाड, निसीखोला, तमानखोला, ताराखोला र काठेखोला गाउँपालिकामा भने सर्वसम्मत रुपमा नेतृत्व चयन भएको जनाइएको छ। बडिगाडमा कृष्ण गुरुङ, निसीखोलामा सूर्यबहादुर घर्ती, तमानखोलामा लीलाबहादुर छन्त्याल, ताराखोलामा कमलापती पाठक र काठेखोलामा यामदत्त कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चुनिएको छ।

गलकोट नगरपालिका र बरेङ गाउँपालिकामा भने अझै नेतृत्व चयन हुन सकेको छैन। सर्वसम्मतका लागि अहिले पनि छलफल चलिरहेको र सहमति नजुटे आज निर्वाचन हुने कांग्रेस बागलुङका कोषाध्यक्ष उमेश गौतमले जानकारी दिए। 
 

प्रकाशित मिति: १०:०७ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्