Kathmandu Press

काठमाडौं– काकँडभित्ता बस सेवा विस्तार

काठमाडौं, असोज ११ : घोडाघोडी यातायात प्रालिले पूर्वमा बस सेवा विस्तार गरेको छ। यसअघि काठमाडौं–जोमसोम–मुक्तिनाथ,काठमाडौं–बेनी–दर्वाङ, काठमाडौं–बुर्तिवाङ–रुकुमकोट, काठमाडौं–जाजरकोटलगायतका स्थानमा बस सञ्चालन गर्दै आएको सो यातायातले आजदेखि...
काठमाडौं– काकँडभित्ता बस सेवा विस्तार

काठमाडौं, असोज ११ : घोडाघोडी यातायात प्रालिले पूर्वमा बस सेवा विस्तार गरेको छ। 

यसअघि काठमाडौं–जोमसोम–मुक्तिनाथ,काठमाडौं–बेनी–दर्वाङ, काठमाडौं–बुर्तिवाङ–रुकुमकोट, काठमाडौं–जाजरकोटलगायतका स्थानमा बस सञ्चालन गर्दै आएको सो यातायातले आजदेखि काठमाडौं–काकँडभित्ता बस सेवा सञ्चालन गरेको हो। 

Hardik ivf

सो प्रालिले नजिकिँदै गरेको चाडपर्वलाई समेत लक्षित गरेर दुईवटा सुपर एसी बस सञ्चालनमा ल्याएको हो। 

प्रालिका अध्यक्ष सुनिल कुँवरले यात्रुको माग र चाहनाअनुसार पूर्वमा बस सेवा सञ्चालनमा ल्याइएको जानकारी दिए। ‘अहिले काठमाडौं–काकँडभित्ता सञ्चालन गरे पनि आगामी दिनमा पूर्वका अन्य सहरमा समेत विस्तार गर्दै लैजान्छौँ,’ उनले भने। 

उक्त बस काठमाडौंको नयाँ बसपार्कबाट छुट्नेछ। विसं २०७४ मा स्थापना भएको घोडाघोडी यातायात प्रालिले हाल २५ भन्दा बढी बसद्वारा यात्रुलाई सेवा प्रदान गर्दै आइरहेको छ। 
 

प्रकाशित मिति: ०९:४९ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्