Kathmandu Press

कर्णाली प्रदेशसभामा गैरसरकारी विधेयक दर्ता

सुर्खेत, असोज ११ : कर्णाली प्रदेश सभा सचिवालयमा ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ दर्ता भएको छ।प्रदेश सभा सदस्य नरेश भण्डारीले गैरसरकारी...
कर्णाली प्रदेशसभामा गैरसरकारी विधेयक दर्ता

सुर्खेत, असोज ११ : कर्णाली प्रदेश सभा सचिवालयमा ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ दर्ता भएको छ।

प्रदेश सभा सदस्य नरेश भण्डारीले गैरसरकारी विधेयकका रुपमा विधेयकलाई सचिवालयमा दर्ता गराएका हुन्। पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका भण्डारीले सिंजा सभ्यताको संरक्षण गरी त्यहाँको सांस्कृतिक, ऐतिहासिक, सामाजिक, पुरातात्विक, धार्मिक एवं भाषिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले विधेयक दर्ता गरेको बताए।

Hardik ivf

उनले सिंजा सभ्यताका बारेमा राज्यले खासै चासो नदिएकाले ऐनमार्फत अधिकार सम्पन्न संरचना निर्माण गैरसरकारी विधेयक ल्याएको जानकारी दिए।

उक्त विधेयकका मस्यौदामा सिंजा सभ्यताको संरक्षण तथा विकासका लागि आवश्यक नीति, निर्माण एवं कार्यकारी परिषद्लाई निर्देशन तथा रेखदेख गर्न प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा सभा गठन गर्ने व्यवस्था गरिएको छ।

उक्त परिषद्मा प्रदेश सरकारबाट नियुक्त हुने उपाध्यक्षसँगै जुम्लाको सिंजा क्षेत्राबट निर्वाचित प्रदेशसभा सदस्य, प्रदेश योजना आयोग, प्रमुख सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था गरिएको छ।

त्यसैगरी, जुम्लाको कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष, दैलेखको दुल्लु नगरपालिकाका प्रमुख, सिंजा सभ्यता संरक्षण तथा विकासमा योगदान गरेका व्यक्तिमध्येबाट एकजना र अर्थशास्त्र, कानुन, योजना, इतिहास, मानवशास्त्र, संस्कृति, सञ्चार, पर्यटन विषयविज्ञमध्येबाट तीन जनालाई प्रदेश सरकारले सदस्यमा मनोनीत गर्न पाउने व्यवस्था विधेयकले गरेको छ।  

 

प्रकाशित मिति: ०८:३६ बजे, सोमबार, असोज ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्