गगनलाई भेट्दा देवी मख्ख
पर्वत, माघ १६ : स्कुल पढ्न सघाएका गगन थापालार्इ भेट्दा देवी सार्की मख्ख परेकी छन् ।
पर्वतको सूर्य प्रकाश माविको कार्यक्रममा सहभागी हु....

पर्वत, माघ १६ : स्कुल पढ्न सघाएका गगन थापालार्इ भेट्दा देवी सार्की मख्ख परेकी छन् ।
पर्वतको सूर्य प्रकाश माविको कार्यक्रममा सहभागी हुन पर्वत पुगेका गगन थापालाई देवीले भेटेकी हुन् । उनले आफूलार्इ पढ्न सघाउने थापासँगै फोटो पनि खिचिन् ।
पर्वतको कुश्मा नगरपालिका–३ मा रहेको दालपोखरी प्रावि दुर्लुङमा कक्षा ३ मा अध्ययनरत देवीको सम्पूर्ण पढाइ खर्च गगन थापाले बेहोर्दै आएका छन् ।

कक्षा १ मा भर्ना भएको वर्षदेखि नै देवीको खर्च गगन थापाले बेहोर्दै आएको ‘छोरी पढाउनु’ अभियानमा संलग्न प्रेम विकले बताए । ‘‘बिहान र बेलुकाको खानामात्र आमाबुवाले खुवाउनु हुन्छ, बाँकी सबै खर्च थापाले बेहोर्नु हुन्छ,” विकले भने ।
उनले स्टेसनरी, ड्रेस, अन्य लुगाकपडा, आवश्यकता अनुसार जुत्ता, चप्पललगायतको सहयोग थापाले नै गरेका छन् । यो अभियानमार्फत एकसय २० बालिका अध्ययन गरिरहेका छन् ।











